दफा २७
आर्थिक सहयोग लिन नहुने
(१) राजनीतिक दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधिले निर्वाचन प्रचार प्रसारमा प्रचलित सङ्घीय कानून विपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन हुँदैन ।
(२) उपदफा (१) विपरीत आर्थिक सहयोग लिने राजनीतिक दल, उम्मेदवार वा व्यक्ति र त्यस्तो आर्थिक सहयोग दिने गैरसरकारी संस्थाको सम्बन्धित व्यक्तिलाई आयोगले एक लाख रुपैँयासम्म जरिबाना गर्न सक्नेछ ।
(३) उपदफा (१) विपरीत आर्थिक सहयोग दिने सरकारी वा सार्वजनिक निकायको सम्बन्धित अधिकारीलाई विभागीय कारबाही हुनेछ ।
(४) कसैले उपदफा (१) बमोजिमका निकायबाट आर्थिक सहयोग लिएमा आयोगले समय तोकी त्यस्तो रकम आयोगमा दाखिला गर्न आदेश दिनेछ र त्यस्तो रकम आयोगमा दाखिला नगर्ने राजनीतिक दल, उम्मेदवार वा व्यक्तिबाट आयोगले त्यस्तो रकम सरकारी बाँकी सरह असूल उपर गरी त्यस्तो राजनीतिक दल, उम्मेदवार वा व्यक्तिलाई सोही
बराबरको रकम जरिबाना गर्नेछ ।